किन Fe500 र Fe500D अत्याधिक रुचाईन्छ ?

घरको मुख्य आधार अथवा अस्थिपञ्जरको रुपमा फलामे छडलाई लिईन्छ । फलामे छडको प्रयोगले नै घरलाई आकृति दिन प्रदान गर्दछ ।  घर बनाउनका लागी थुप्रै किसिमका छडहरु प्रयोग गरिन्छन् । घरको स्ट्रक्चरल डिजाइन अनुसार स्ट्रक्चरल इन्जिनियरले कुन किसिमको फलामे छड कस्तो ठाउँमा प्रयोग गर्ने भनेर निर्धारण गर्दछ । नेपाली बजारमा पाइने छड टोर स्टील र टि एम टि हुन्। तर आजकल टोरस्टीलको प्रयोग संरचनाहरुमा खासै गरिंदैन । ठूला देखि साना सबै किसिमका संरचनाहरुमा आजकल टि एम टि फलामे छडको प्रयोग गरिन्छ । TMT अर्थात् Thermo Mechanical Treatment अथवा metallurigical प्रक्रियाद्वारा निर्माण गरिएको फलामे छड। TMT फलामे छडहरु अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप निर्माण गरिएको हुन्छ , जसमा शक्ति  र लचकता सन्तुलित रूपमा हुने गर्दछ । फलामे छडहरुमा अन्य रसायन पनि हुने गर्दछ  जस्तै: सल्फर, फस्फोरस र कार्बन । यस्ता अन्य रसायनहरुको मात्रा बढी हुँदा फलामे छडको गुणस्तरमा ह्रास आउने गर्दछ । TMT फलामे छडमा भने यस किसिमका रसायनहरु न्यून हुने हुँदा संचरनालाई बलियो र टिकाउ बनाउन मद्दत पुग्दछ ।

a large under construction building .

Fe500 र Fe500D अत्याधिक रुचाईन्छ

तपाई यदि बजारमा फलामे छड बारे बुझ्नजानु भयो भने, त्यहाँ तपाईहरुले Fe415, Fe500, Fe500D सुन्नुहुनेछ; जसले उक्त छडको क्षमता इंगित गरेको हुन्छ । “Fe” ले फलामको बैज्ञानिक नाम र 415/500 ले उक्त फलामे छडको न्युनतम उपजक्षमता इंगित गरेको हुन्छ । यस किसिमको फलामे छड घर,बाटो ,पुल र बाँध जस्ता साना देखि ठूला संरचनाहरु निर्माण गर्नमा प्रयोग गरिन्छ । यस किसिमको फलामे छड को उपज क्षमता, तन्किने क्षमता वा लम्बिन सक्ने क्षमता  अन्यको भन्दा धेरै हुने गर्दछ ।यिनीहरुमा अन्य हानिकारक रसायनहरु सल्फर, फस्फोरस र कार्बनको मात्रा न्यून हुने हुँदा पनि ताप र  खियाबाट यसलाई असर नगर्ने हुन्छ । हाम्रो जस्तो भूकम्पीय जोखिम भएको क्षेत्रमा यस किसिमको फलामे छडको प्रयोग  अत्याव्यश्यक हुन्छ । पछिल्लो समय  भूकम्प जस्तै अन्य प्राकृतिक प्रकोपहरुबाट हुने संरचनागत क्षति  न्यूनीकरण गर्न बजार मा Fe500D अंकित फलामे छड पनि पाउने गरेको छ ।यसमा अंकित “D” ले Ductility   अथवा  उच्च लचकता रहेको इंगित गर्दछ ।  Fe500D  मा भने अन्य अन्य फलामे छडमा भन्दा उच्च उपज क्षमता, तन्किने क्षमता संगै बांगिने क्षमता  हुन्छ । यसमा अन्य रसायनहरुको मात्रा पनि तुलनात्मकरूपमा कम नै हुने हुँदा उच्च गुणस्तरयुक्त हुन्छ ।NS:191र IS 1786:2008 अन्तर्गत Fe415/500/500D मा हुने अन्य यान्त्रिक स्थिति  तलको तालिका मा देखाइएको छ :

यान्त्रिक स्थिति Fe415 Fe500 Fe500D
यिल्ड क्षमता ४१५ न्यूनतम ५००न्यूनतम ५००न्यूनतम
टेन्साइल क्षमता ४८५  न्यूनतम ५४५ न्यूनतम ५६५  न्यूनतम
ईलन्गेसन १४.५% १२% १६%

तसर्थ, Fe500 र 500D मा अन्य फलामे छडभन्दा उच्च यिल्ड ,टेन्साईल क्षमता र एलान्गेशन हुने हुँदा भाँचिने, टुक्रा हुने जस्ता समस्या बाट मुक्त भई संरचनाहरु बलियो र दिगो बनाउदछ । आजकल यस किसिमको फलामे छडको  प्रयोग अन्यको तुलनामा धेरै हुने गर्दछ ।प्राकृतिक प्रकोपबाट बच्न उच्च लचकता सहितको फलामे छडनै सुरक्षित हुने हुँदा पनि आजकल Fe500 र 500D रुचाईने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *