हामी मानव जीवनको ठूलो सपना भनेको आफ्नै एउटा घर हुनु हो; यो कुरामा सायदै दुईमत होला। एउटा घर बनाउन हामीले आफ्नो जीवनभर सारा रगत पसिना खर्च गरेका हुन्छौं।अनि त्यसरी बनेको घर के तपाइँ क्षणभरमै वा एक निमेषमै भताभुङ्ग भएको देख्न सक्नु हुन्छ ? अझ हाम्रो जस्तो भूकम्पिय जोखिम भएको देशमा त त्यो कुरा सम्झिँदा मात्रै पनि मन कत्ति चिसो भएर आउंदो हो । त्यसैले घर बनाउँदा एकदमै बलियो र दिगो बनाउनु पर्ने हुन्छ ।
तसर्थ: पिलर वाला घर बनाउंदा यी १० अत्यन्तै महत्वपूर्ण कुराहरु याद गर्नुहोस्:
पिलरवाला घर बनाउँदा ध्यान दिनुपर्ने 10 कुराहरु
१. पिलर बनाउन मुख्यतया: PPC सिमेन्ट,बालुवा, गिट्टीका साथै TMT छडको प्रयोग गर्नुपर्दछ । TMT छडले कंक्रिटलाई अस्थिपञ्जर सरी काम गर्दछ।
२.
३. पिलर बनाउँदा प्रयोग गरिने छड कम्तिमा पनि ८ मिमि को हुनुपर्छ ।
४. ३ तल्ला सम्मको आवासीय घरमा १२/१२ को पिलर हुनुपर्दछ तर,यदि तल्लाको संख्या ५ वा ६ भए १२/१२ मा बनेको पिलरले उक्त घरको भार थाम्न नसक्ने हुदाँ जोखिम बढी हुन सक्छ ।
५. पिलरको स्थान घरको आर्किटेक्चरल डिजाइन अनुसार निर्धारण गरिन्छ। पिलर लाई एकै लाईनमा सिधा हुने गरी राख्नु पर्दछ। पिलर बाङ्गो भएमा घरको गाह्रो पनि बाङ्गो हुन गई जोखिम हुन सक्ने र घरको सुन्दरतामा समेत असर गर्ने हुन्छ ।
६. पिलरको जडान बिम संग हुने हुँदा पिलरको चौडाई बिमको भन्दा ३ इन्च बढी राख्नुपर्दछ।
७. पिलर र बिम जडानगर्दा बिमको तल्लो भाग पिल्लरको छेउबाट २ फीट पर,बिमको लम्बाईको बिचको एक चौथाई भागमा नपर्ने गरी जडान गर्नुपर्दछ भने माथिल्लो भाग जडान गर्दा बिमको लम्बाई को बिचको एक तिहाइ भागमा मात्र जडान गर्नु पर्दछ।
८.
९. पिलरका डण्डीहरु एक आपसमा जडान गर्दा बिमदेखि १.५-२ मिटर तल माथी छोडी मात्र जडान गरिनु पर्दछ ।जोडिएका भाग डण्डीको ६० गुणा मोटो हुनु पर्दछ । पिलरका सबै डण्डीहरु जोड्दा एकै ठाउँमा नभई जोर्नी छल्दै जोड्नु पर्दछ। डण्डीको जोर्नीहरुमा ४/४ इन्चको दुरीमा रिंगको प्रयोग गर्नुपर्दछ ।
१०. भवनको सम्पूर्ण भार पिल्लर हुँदै जग सम्म जाने हुँदा भूकम्पीय भार समेत पिलरमा हुन्छ अत: पिलरको जगलाई टाई बिमले जोड्नु पर्दछ।
यस्ता कुराहरु ध्यानमा राखे संगै पिलरको सुरक्षाको निम्ति ढलानगरेको २४ घण्टा पछि मात्र फर्मा खोलि निरन्तर ७ दिन सम्म पानी हाली क्युरिंग गर्नु पर्दछ ,जसले गर्दा कंक्रिटले छडमा बलियो पकड बनाउन मद्दत गर्दछ ।
References:
Gharbazar