फलामे डण्डीमा शक्ति सँगै लचकता (Ductility) किन आवश्यक हुन्छ ?

नेपाल जस्तो भूकम्पीय जोखिमयुक्त क्षेत्रमा बलियो संरचनाको निर्माण गर्न स्टिलको विकल्प छैन किनभने स्टिल र कंक्रिट को बलियो बन्डिंगले संरचनालाई शक्तिका साथै स्थायित्व र सुरक्षा प्रदान गरिरहेको हुन्छ । पहिले प्रयोग हुने High Yield Strength Deformed Bar (HYSD) मा अधिक शक्ति हुने गरेको थियो तर भूकम्पका बेलामा आउने आकष्मिक दवाव का कारण यस्ता छड प्रयोग गरिएका संरचना चर्किएको वा क्षति पुगेको भेटियो । यसको प्रमुख कारण छड मा अधिक शक्ति तर न्यून डक्टिलिटी भएको देखियो र नयाँ प्रविधिको Thermo Mechanically Treated (TMT) Rebar को विकास भयो । यसको निर्माण प्रक्रिया मा प्रयोग हुने क्वेन्चिङ (Quenching), सेल्फ टेम्परिङ (Self-Tempering) र एट्मस्फेरिक कुलिङ (Atmospheric Cooling) जस्ता विधिले छड/स्टिल मा डक्टिलिटी निर्माण गर्छ जसले गर्दा स्टिलमा आकस्मिक दवाव पर्दा त्यो तन्किन्छ र फेरि दवाव हट्ने बितिकै पूर्ववत अवस्थामा फर्किन्छ। यसले गर्दा संरचनामा क्षति पुग्दैन । स्टिलमा डक्टिलिटी हुनु भनेको वातावरणीय जोखिमबाट अधिक सुरुक्षित हुनु हो त्यसैले स्टिलमा लचकता हुनु आवश्यक छ ।

TMT Rebar को निर्माण प्रक्रिया मा प्रयोग हुने Quenching, Self-Tempering र Atmospheric Cooling जस्ता विधिले छड/स्टिल मा डक्टिलिटी निर्माण गर्छ जसले गर्दा स्टिलमा आकस्मिक दवाव पर्दा त्यो तन्किन्छ र फेरि दवाव हट्ने बितिकै पूर्ववत अवस्थामा फर्किन्छ। यसले गर्दा संरचनामा क्षति पुग्दैन ।

स्टिलमा डक्टिलिटी (लचकता) कसरी निर्धारण गरिन्छ ?

स्टिल आफैंमा एक शुद्ध धातु होइन यो फलाम (Iron), कार्बन (Carbon), म्यानगानिज (Manganese), सल्फर (Sulphur), फस्फरस (Phosphorus) आदिको मिश्रणबाट बनेको हुन्छ ।  स्टिलमा यी तत्वहरुको निम्न भूमिका हुन्छन् ।

रसायन / Chemicals गुणहरु / Properties
1.      Carbon Hardness (सार्होपन), Strength (शक्ति), Weldability (वेल्डिङ्ग गर्ने क्षमता) and Brittleness (भाँचिने क्षमता)
2.      Manganese Strength (शक्ति)
3.      Sulphur Impurities (अशुद्धता), Brittleness (भाँचिने क्षमता)
4.      Phosphorus Impurities (अशुद्धता), Strength (शक्ति), Brittleness (भाँचिने क्षमता)
5.      Copper Strength (शक्ति), Corrosion Resistance (खिया नलाग्ने)
6.      Chromium Weldability (वेल्डिङ्ग गर्ने क्षमता), Corrosion Resistance (खिया नलाग्ने)

यी रासायनिक तत्व (Chemical Ingredients) मध्ये Sulphur र Phosphorus अशुद्ध तत्व (Impurities) हुन् स्टिलमा फस्फरसको मात्रा बढी भएमा  यसले कोल्ड सर्टनेसको अवस्था सिर्जना गर्छ जसले गर्दा स्टिल ब्रिटल (भंगुर) हुन जान्छ र फलस्वरुप अत्याधिक चिसो अवस्थामा सजिलै फुट्ने र चर्किने हुन्छ । त्यसैगरी सल्फरको उपस्थिति अत्याधिक भएमा स्टिलमा हट सर्टनेस को अवस्था सिर्जना हुन्छ जसले स्टिलको मेल्टिङ  (पग्लने)  प्वाइन्ट घट्छ र फलस्वरुप उच्च तापक्रम भएको अवस्थामा स्टिलको शक्तिमा नाटकीय रुपमा कटौती आउँछ । त्यसैले उत्पादन प्रक्रियामा नेपाल गुणस्तर  तथा अन्तर्राष्ट्रिय मापदण्डका अनुसार यिनीहरुको मात्रा सिमित गरिन्छ।

यस्तै कार्बन को मात्रा पनि उचित भएमा मात्र स्टिल शक्तिशाली का साथै लचिलो (डक्टाइल) बन्न सक्छ। मात्रा बढी भएमा स्टिल शक्तिशाली बन्छ (Strength Increases) तर सजिलै भाँचिने हुन सक्छ (increase in brittleness) र वेल्डिङ्ग का लागि पनि कम उपयुक्त बन्न सक्छ (decrease in weldability) । मात्रा कम भएमा  स्टिलको शक्ति कम हुन्छ (Strength Decreases) तर लचकता बढेर जान्छ । त्यसैले Carbon को आवश्यकता नेपाल गुणस्तर (NS:191) तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सिमित गरिन्छ ।

उच्च लचकता भएको फलामे डण्डी मा नेपाल गुणस्तर (NS:191) तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कार्बन को मात्रा  सिमित गरिएको हुन्छ । कार्बनको मात्रा धेरै भए फलाम साह्रो बन्छ तर आकस्मिक भार पर्दा सजिलै फुट्न/ भाँचिन सक्छ ।  

विवरण Fe 500 (NS:191) र (IS: 1786:2008) Fe 500D (NS:191) र (IS: 1786:2008) Rhino 500D (Values)
Carbon% ०.३० (अधिकतम) ०.३० (अधिकतम) ०.३० (अधिकतम)
Sulphur (S)% ०.३० (अधिकतम) ०.३० (अधिकतम) ०.३० (अधिकतम)
Phosphorus (P)% ०.३० (अधिकतम) ०.३० (अधिकतम) ०.३० (अधिकतम)
S+P % ०.३० (अधिकतम) ०.३० (अधिकतम) ०.३० (अधिकतम)
Nitrogen (PPM) १२० १२० १२०
९० प्रतिशत तापमा आधारित

जगदम्बा स्टीलस् द्वारा उत्पादन हुने RHINO 500D मा अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप नै विभिन्न रसायन मिलाइएको हुन्छ त्यसैले यसले अधिक सुरक्षा प्रदान गर्न सक्छ । यी रसायनको उचित मिश्रणका कारण नै RHINO 500D मा तन्किने क्षमता अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप रहेको देख्न सकिन्छ जुन सामान्य स्टिल भन्दा अधिक छ ।

विवरण Fe 500 (NS:191) र (IS: 1786:2008) Fe 500D (NS:191) र (IS: 1786:2008) Rhino 500D (Values)
Yield Stress YS (N/mm2) (न्यूनतम) ५०० (न्यूनतम) ५०० (न्यूनतम) ५००
Tensile Strength (N/mm2) (न्यूनतम) ५४५ (न्यूनतम) ५६५ (न्यूनतम) ५६५
UTS/YS Ratio १.०८ १.१० १.१०
%Elongation (न्यूनतम) १२% (न्यूनतम) १६% (न्यूनतम) १६%
९० प्रतिशत तापमा आधारित

नेपालका लागि उपयुक्त शक्ति र लचकता RHINO 500D मा प्राप्त गर्न सक्नुहुन्छ ।

अधिक लचकता भएको RHINO 500D जस्ता स्टिल प्रयोग गरे के फाइदा हुन्छ ?

अधिक लचकता हुनु भनेको अधिकतम सुरक्षा हो । यसले भूकम्प, हावाहुरी, आगो लाग्ने खतरा आदिबाट बचाउन सक्छ । RHINO 500D मा यी विशेषता छन् ।

निर्माणलाई बलियो र सुरक्षित बनाउन त्यसमा शक्तिका साथै लचकता हुनु आवश्यक छ । नेपालका लागि उपयुक्त शक्ति र लचकता RHINO 500D मा प्राप्त गर्न सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *