फेब्रिकेटर्स रिवार्ड प्रोग्राम

जगदम्बा स्टील्सले हाम्रा नयाँ फेब्रिकेटर्सहरुको लागि फेब्रिकेटर्स रिवार्ड प्रोग्रामको शुरुवात गरेको छ ।  यसले हाम्रा मूल्यवान फेब्रिकेटर साझेदारहरुलाई आफ्नो ब्राण्ड प्रतिको निरन्तरता, वफादारिता र प्रतिबद्धताको पहिचान गर्ने र पुरस्कृत गर्ने दृढ विश्वास लिइएको छ ।

जगदम्बा स्टील्स लि. नेपालको ग्याल्भालुम जस्तापाताको मूख्य विक्रेता भएको हुँदा, यस कम्पनीले आफ्ना फेब्रिकेटर्सहरुसँग गहिरो र अटुट सम्बन्ध निर्माण र विकास गर्नुको महत्व राम्ररी बुझेको छ । त्यसैले हामी बहुमूल्य लाभ र पुरस्कारहरु प्रदान गरी हाम्रा साझेदारहरुसँगको सम्बन्ध अझ गहिरो र मजबुत बनाउने प्रोग्रामको आयोजना गर्न पाँउदा हामी उत्साहित छौं ।

यो प्रोग्राम हाम्रा फेब्रिकेटर्सहरुलाई विशेष लाभ प्रदान गरी प्रोत्साहन गर्नको लागि जगदम्बा सुपरशाइन तथा जगदम्बा ग्याल्भा प्लसका कुनै पनि कर्कट जस्तापाता ५ देखी १० टन सम्म खरिद गर्दा प्रति कि.ग्रा. रु.१ (एक) र १० टन देखी माथि खरिद गर्दा प्रति कि.ग्रा. रु.१.५० प्राप्त गर्न सकिनेछ साथै १० टन देखी माथि कारोबार गर्ने प्रत्येक फेब्रिकेटर्सलाई रु.५,००,०००।– सम्मको १ वर्षे दुर्घट्ना बीमा पनि उपलब्ध गराइनेछ ।

हाम्रा उत्पादनहरुमा सर्वोत्कृष्ट गुणस्तर कायम गर्न हामी प्रत्येक उत्पादनलाई उच्च प्रविधि तथा नेपालको एकमात्र पूर्ण स्वचालित ग्याल्भालुम लाइनद्धारा उत्पादन गरिन्छ जसको फलस्वरुप नेपालमा उत्पादित जस्तापाता तेस्रो मुलकमा निर्यात गर्ने नेपालकै पहिलो र एक मात्र उद्योग स्थापित हुन सफल भएको छ ।

जगदम्बा स्टील्स लिमिटेडद्धारा प्रायोजित जगदम्बा सुपर शाइन फेबिक्रेटर्स रिवार्ड प्रोग्रामका लागि योग्य हुन तल उल्लेखित नियम र शर्तहरु पालना गर्नुपर्नेछ ।

१. यस प्रोग्रामको सदस्यता निमन्त्रणा प्राप्त गर्ने फेबिक्रेटर्सका लागि मात्र खुल्ला छ ।

२. यो प्रोग्राम जेष्ठ २०८० देखि शूरु भई असार ३१, २०८१ सम्म लागू हुनेछ ।

३. यो प्रोग्राम जगदम्बा सुपर शाइन तथा जगदम्बा ग्याभा + का कर्कट जस्तापाता (Grade A Prime Goods) को खरिदमा मात्र लागू हुनेछ ।

४. यो प्रोग्राममा प्रत्येक फेबिक्रेटर्सलाई एक पटक मात्र सहभागी हुन अनुमति दिइनेछ । यदि कुनै पनि फेबिक्रेटर्सले दोहोरो विवरण दिएको फेला परेमा निजलाई जानकारी गराई वा नगराई निजको फेब्रिक्रेटर्स पासबुक स्वतः रद्द हुनेछ ।

५. यस प्रोग्राममा संलग्न भएका फेब्रिकेटर्सहरुले फेब्रिकेटर्स पासबुकमा उपलब्ध खरिद विवरण पृष्ठमा सफासँग लेखी डीलरको छाप र हस्ताक्षर गर्नुपर्नेछ । केरमेट गरेर लेखेको पासबुकलाई मान्यता दिइने छैन।

६. डीलरद्वारा प्रमाणित नभएका खरिद विवरण पृष्ठ तथा पासबुक यो प्रोग्रामका लागि स्वीकार गरिने छैन ।

७. यस प्रोग्राममा भाग लिने सहभागीहरुबाट संकलित विवरणहरु तथा जानकारीहरु जगदम्बा स्टील्स लि. ले प्रचारात्मक कार्यक्रम, विज्ञापन, मार्केटिङ्ग र कुनै पनि प्रशासनिक मामिलाहरुको उद्देश्यका लागि प्रयोग गर्न सक्ने कुरामा यस प्रोग्रामका सहभागिहरुले सहमत र सहमति प्रदान गर्दछ ।

८. यस प्रोग्रामको सदस्यता हस्तान्तरण योग्य हुने छैन ।

९. बीमा दाबीमा कुनै विवाद उत्पन्न भएमा बीमा कम्पनीको निर्णय नै अन्तिम निर्णय हुनेछ । सहभागिहरुले दुर्घटना बीमालेखको नियम र सर्तहरु पढी बुझी पूर्ण सहमति प्रदान गर्दछ ।

१०. कम्पनीले प्रदान गर्ने सम्पूर्ण पुरस्कार, लाभ तथा सुविधाहरुमा नेपाल सरकारको कानून बमोजिम कर प्रणली पूर्ण रुपमा लागूहुने छ ।

११. जगदम्बा स्टील्स लिमिटेडले कुनै पनि समयमा कुनै सूचना बिनानै प्रोग्राम फिर्ता लिन, सीमीत गर्न, परिमार्जन गर्न वा रद्द गर्न तथा पुरस्कार वा लाभहरुको परिवर्तन, थपघट वा रद्ध गर्न सक्नेछ । प्रोग्राम सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार जगदम्बा स्टील्स लि.मा निहित हुनेछ साथै प्रोग्राम र पुरस्कार तथा लाभ सम्बन्धी कुनै विवाद उत्पन्न भएमा जगदम्बा स्टील्सको निर्णय नै अन्तिम र निर्णायक मानिनेछ ।

१२. यो प्रोग्राम र पुरस्कार तथा लाभ सम्बन्धी कुनै विवाद उत्पन्न भएमा प्रचलित नेपाल कानून बमोजिम विवाद निरुपण गरिनेछ र काठमाडौं जिल्लाको अदालतमा मात्र मुद्दा गर्न वा विवाद सृजना गर्न सकिनेछ ।

Our World Class Products

Reinforcement Rebars

Structural