जगदम्बा स्टील्स प्रालिद्वारा उद्योग तर्फ सर्वाधिक राजस्व दाखिला सुक्खा बन्दरगाह भन्सार कार्यालयद्वारा राजस्व योगदान तथा सामाजिक जिम्मेवारी बहनका लागि सम्मानित

१३ माघ २०७८, काठमाडौं । देशकै अग्रणी स्टील्स उद्योग जगदम्बा स्टील्स प्रालि आ.व. २०७७/०७८मा उद्योग तर्फ सबै भन्दा बढी राजस्व दाखिला गर्ने कम्पनीका रुपमा सम्मानित भएको छ । जगदम्बा स्टील्सलाई राजस्व योगदान तथा सामाजिक जिम्मेवारी वहन गर्ने विषयमा संस्थाको उच्चस्तरिय योगदान बापत सम्मानित गरिएको हो । ७०औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको उपलक्ष्यमा नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभाग सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सिया, पर्साले सो सम्मानबाट संस्थालाई सम्मानित गरिएको हो ।

उपभोक्तालाई सर्वत्कृष्ट गुणस्तरका उत्पादनहरु पस्कँदै देशको पूर्वाधार विकासमा योगदान पु¥याउनु हाम्रो मूल उद्देश्य हो । उच्च गुणस्तरका उत्पादनका लागि नेपाली उपभोक्ताद्वारा प्राप्त मायाँ, साथ र सहयोगका लागि हामी सदैव कृतज्ञ छौँ । यही क्रममा ७०औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको उपलक्ष्यमा नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभाग सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सिया, पर्साका तर्फबाट सबै भन्दा बढी राजस्व दाखिला गर्ने कम्पनीका रुपमा सम्मानित हुन पाउँदा हामी निकै हर्षित तथा गौरवान्वित छौँ । सम्मानले भविष्यमा अझ गुणस्तरिय उत्पादनका साथ देश विकासमा तेवा पु¥याउन तथा सामाजिक उत्तरदायित्व बहन गर्ने हौसला मिलेको छ ।