जगदम्बा स्टिलद्वारा नेपालको इतिहासमै पहिलो पटक तेस्रो देश निर्यातको थालनी

प्रेस विज्ञप्ति

जगदम्बा स्टिलद्वारा नेपालको इतिहासमै पहिलो पटक तेस्रो देश निर्यातको थालनी

काठमाडौं, माघ २३, २०७८ ।

देशकै अग्रणी स्टिल उत्पादक कम्पनी, जगदम्बा स्टिलले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ । नेपालमा लाखौँ उपभोक्ताको मन जित्न सफल जगदम्बाका “कलर कोटेड कोइल्स तथा शिट”हरुको लोकप्रियता तथा माग विदेशमा समेत चुल्लिँदै गएको हो । कम्पनीका अनुसार जगदम्बा स्टिलका उत्पादन, जगदम्बाका “कलर कोटेड कोइल्स तथा शिट”हरु दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरु तथा दक्षिण अफ्रिकामा उच्च आपूर्ति माग सहित उपभोक्ताद्वारा परिक्षित तथा अनुमोदित भएको छ ।

 

 

“ उपभोक्ता सन्तुष्टिका लागि गुणस्तरको प्रतिवद्धता हाम्रो प्रथम प्राथमिकता हो । गुणस्तरको सुनिश्चिततार्थ अत्याधुनिक प्लान्ट मार्फत निर्मित हाम्रा उत्पादनका गुणस्तरको लागि नेपाली उपाभोक्ताको साथ सहयोग र मायाँका लागि हामी सदैव कृतज्ञ छौँ । यो मायाँले अझ विस्तारित रुप लिएको छ । नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रुपमा स्थापित हुन पाउँदा हामी निकै गौरवान्वित छौँ । ”, तेस्रो देश निर्यात थालनीको सुअवसरमा बोल्दै शंकर गु्रपका अध्यक्ष श्री शंकर लाल अग्रवालले भने । “यस संगै गुणस्तरको निरन्तर्ताका लागि प्रतिबद्धता जनाउँदै भविष्यमा अझ उत्कृष्ट उत्पादनहरु उपभोक्ता माझ पस्कँदै जान थप आत्मबल मिलेको आभाष भइरहेको छ ।”