आइएमई नेपाल लोकस्टार–२ पावर बाई जगदम्बा सुपर साइन

काठमाडौँ – नेपालको मौलिक लोक संगीतमा आधारित रियालिटी शो ‘आइएमई नेपाल लोकस्टार’ को दोस्रो सिजनको लागि पावर बाई स्पोन्सरका रुपमा जगदम्बा स्टील्स् अन्तर्गतको जगदम्बा सुपर साइन जस्तापाता अनुवन्ध भएको छ ।

जगदम्बा स्टील्स् का महाप्रबन्धक, मनोज तिवारी र हिमालय टेलिभिजनका अध्यक्ष, धर्मराज भुसालका बीच काठमाडौं स्थित र्‍याडिसन होटलमा बिहीबार आयोजित विशेष समारोह बीच सम्झौता हस्ताक्षर भएको हो।

लोकस्टारको डिजिटल अडिसन हालै सम्पन्न भएको छ जहाँ हजारौं प्रतिभाहरुले लोकस्टार सिजन २ को उपाधि जित्ने आकांक्षासहित आवेदन गरेका छन् । यी आवेदनमध्येबाट छानिएका प्रतिभासँगै देशका विभिन्न स्थानमा हुने फिजिकल अडिसनबाट पनि प्रतिभाहरुको छनौट गरिने छ ।

केही दिनमै नयाँ सिजनको सुटिङ प्रारम्भ हुने र साउन महिनाको अन्त्यदेखि हरेक मंगलबार र बुधबार राती ८ बजे कार्यक्रम प्रसारण हुनेछ ।

प्रायोजकसँग सम्झौता

काठमाडौं स्थित र्‍याडिसन होटलमा बिहीबार आयोजित विशेष समारोहमा लोकस्टार सिजन–२ का प्रायोजकहरुसँग सम्झौता भएको छ । पावर बाई स्पोन्सरका रुपमा जगदम्बा स्टील्स् अन्तर्गतको जगदम्बा सुपर साइन जस्तापाता अनुवन्ध भएको छ ।

 

कुमार बस्नेतदेखि प्रकाश सपुतसम्मका स्टारहरु

यसैवीच दोस्रो सिजनका लागि निर्णायकहरुको छनौट गरिएको छ । नेपाली लोकसंगीत शिखर पुरुष कुमार बस्नेत यसपटक नेपाल लोकस्टारको निर्णायकका रुपमा अनुबन्ध हुनुभएको छ । उमेरले झण्डै ८० बर्ष पुग्न लाग्नुभएका बस्नेत नयाँ पुस्ताका प्रतिभा तिखार्ने अभिलासा बोकेर लोकस्टारमा निर्णायकका रुपमा अनुबन्ध हुनुभएको हो ।

यसैगरी चर्चित लोक तथा दोहोरी गायिका ज्योती मगर पनि निर्णाकका रुपमा अनुवन्ध हुनुभएको छ । पहिलो सिजनमा पनि निर्णायक रहनुभएका रामजी खाँड यसपटक पनि लोकस्टारमा निर्णायककै रुपमा रहनुहुनेछ । यस्तै चर्चित लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्मा पनि यो सिजनको निर्णायक हुनुहुन्छ ।

लोकस्टार सिजन २ लाई फिल्म एवं रियालिटी शोहरुको सफल निर्देशन गरिसक्नुभएका निर्देशक शिमोस सुनुवारले निर्देशन गर्नुहुने छ भने चर्चित एरेन्जर एवं संगीतकर्मी आशिष अबिरल संगीत निर्देशकका रुपमा अनुवन्धित हुनुभएको छ ।

चर्चित लोकगायक प्रकाश सपुत कार्यक्रम सञ्चालक एवं ब्राण्ड आइकनका रुपमा रहनुहुने छ ।

थप जानकारीका लागि
लक्ष्मी मैनाली, जनसम्पर्क अधिकृत –९८०१११६१५२